बिर्तामोड । झापा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

हिजो राति करिब ८:१० बजे भद्रपुर नगरपालिका–५ बसपार्क क्षेत्रमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भद्रपुर–१० अन्जलीमोड बस्ने ३२ वर्षीय राजु कुमार राजबंशी, अर्जुनधारा–८ शनिश्चरे बस्ने २० वर्षीय सलुन रसाइली र बिर्तामोड–३ बिर्ताबजार बस्ने २७ वर्षीय पारस प्रसाई रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले लगाएको जिन्स पाइन्टभित्र फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकसहित १० ग्राम २४० मिलिग्राम (प्लास्टिक बाहेक ९ ग्राम २३० मिलिग्राम) ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको हो।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ।