बिर्तामोड । बिर्तामोडको प्रतिक्षा होटल एण्ड लजमा शंकास्पद रुपमा बसिरहेका दुई युवतीसहित पाँचजना पक्राउ परेका छन् ।

हिजो साँझ बिर्तामोड-५ स्थित सो होटलमा शंकास्पद बसिरहेको अबस्थामा फेला पारी होटल संचालकसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा होटल संचालक बिर्तामोड-३ बस्ने निरबहादुर राई, धनकुटा नगरपालिका-१ बस्ने सलिना बुढाथोकी, कचनकवल गाउँपालिका-७ बस्ने सुनिता शाही, इलामको देउमाई नगरपालिका-९ बस्ने सुजन न्यौपाने र माई नगरपालिका-१ बस्ने अस्विन संजेल रहेका छन् ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।