बिर्तामोड ।झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको ‘मामा भान्जा होटल एण्ड लज’बाट प्रहरीले पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाको आधारमा हिजो दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले होटलमा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार खानतलासीका क्रममा दुई नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने एक कर्मचारी तथा दुई भारतीय पुरुषलाई नियन्त्रणमा लिइएको हो। साथै डब्लुबी ७३ आर ५१४८ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।