बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ सयपत्री टोलबाट प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

आज साँझ रत्न कुमारी श्रेष्ठको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले उक्त घरमा पुगेर खानतलासी गर्दा घरधनीका छोरा २६ वर्षीय रोहित श्रेष्ठ र बिर्तामोड–३ बस्ने २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट प्लास्टिकबाहेक ६.५ ग्राम अवैध लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ।