बिर्तामोड । झापा प्रहरीले लागुऔषध मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका–८ धिमाल बस्तीबाट ५९ वर्षीय भुलेन धिमाललाई पक्राउ गरेको हो।

उनीविरुद्ध लागुऔषध मुद्दामा जिल्ला अदालत झापाले २०८१ चैत १० गतेको फैसलाबाट २ वर्ष ४ महिना १९ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसला पश्चात फरार रहेका धिमाललाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका धिमाललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत झापामा उपस्थित गराइने प्रहरीले जनाएको छ।