झापा । झापाको दमक नगरपालिका–४ अडियामल टोलबाट लागुऔषध बिक्री–वितरणमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

आज बिहान करिब १० बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ४२ वर्षीया रिता तामाङको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा सुत्ने कोठाको टेबलमुनि राखिएको झोलाभित्रबाट  ट्रामाडाेल हाइइ्रोक्लाेराइड ३७० क्याप्सुल तथा डाइक्लाेमाइन हाइड्राेक्लाेराइड ५६० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।