बिर्तामोड । अपराधिक लाभ (एक्सटर्सन), शरीर बन्धक तथा संगठित अपराध सम्बन्धी मुद्दामा झापाबाट एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड नगरपालिका–४ निवासी ४४ वर्षीय गंगा बहादुर गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको हो।
प्रहरीका अनुसार गिरीविरुद्धको मुद्दामा अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
















