बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार राति करिब ११ बजे बिर्तामोड नगरपालिका–२ त्रिशुल चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्दार खमबहादुर थापाको कमाण्डमा खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बिर्तामोड–२ का २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मा रहेका छन्। उनीहरूको शरीर तथा साथमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर २ ग्राम ८४० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।