मेचीनगर । पाँच महिनाअघि मेचीनगर नगरपालिका–१३, चारआलीस्थित ओझा होटलमा एक महिलालाई जबरजस्ती करणी गरी भारत फरार भएका ललितपुर महानगरपालिका–१६ का ४७ वर्षीय प्रवेक डंगोल पक्राउ परेका छन्।
डंगोललाई मंगलबार दिउँसो करिब ३ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा काँकडभिट्टा बसपार्कबाट पक्राउ गरिएको हो।
भारतबाट नेपाल प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग समन्वय गरी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गत फागुन २५ गते राति डंगोलले मेचीनगर–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि उनी भारततर्फ फरार भएका थिए।
पक्राउ परेका डंगोलमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।



















