झापा । ताप्लेजुङको फक्तालुङ गाउँपालिकाबाट प्रहरीले हतियारसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

बुधबार साँझ फक्तालुङ गाउँपालिका–५ मा डेरा गरी बस्ने झापा दमकस्थित बेलडाँगी शरणार्थी शिविरका २१ वर्षीय मुस्कान दियाली एक थान हतियारसहित प्रहरी चौकी लुङथुङ–लेलेपमा उपस्थित भएका थिए।

प्रारम्भिक सोधपुछका क्रममा दियालीले उक्त हतियार फक्तालुङ गाउँपालिका–६ स्थित हान्द्रुङ होटल अगाडिको सार्वजनिक बाटोमा साउन २७ गते फेला पारेको बताएका छन्।

घटनाबारे थप अनुसन्धानका लागि हतियारसहित दियालीलाई प्रहरी चौकी लुङथुङ–लेलेपबाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङतर्फ ल्याइएको प्रहरीले जनाएको छ।