झापा । संखुवासभाको मकालु गाउँपालिका –५ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकालु गाउँपालिका –५ माङ्सिमाका २९ बर्षीय सिताराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरुङलाई पक्राउ गरिएको हाे ।
नुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरुङको घर खानतलासी गर्दा एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको १४ वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ । बन्दुकसहित पक्राउ परेका गुरुङ माथि जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




















