झापा । झापाको बाह्रदशी गाउँपालिका–७ मा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले १७ वर्षीय युवकलाई पक्राउ गरेको छ।

स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो।

पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।