बिर्तामोड । बिर्तामोड नगरपालिका–४ का प्रकाश राईको घरमा गएराति चोरी भएको छ । घरमा कोही नभएको मौका छोपी चोरले छतको ढोका फुटाएर घरभित्र प्रवेश गरी चोरी गरेको पीडित राईले बताएका छन् ।

राईका अनुसार घरबाट १० तोला सुन, ३ तोला चाँदी र खुत्रुकेमा राखिएको ३५ हजार रुपैयाँ नगद चोरी भएको छ ।

घटनाबारे राईले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका छन् । चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकले बताएका छन् ।

प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानसहित चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।