झापा । सामाजिक सञ्जालमा युवतीहरुकाे आपत्तिजनक फाेटाे तथा भिडियाे शेयर गर्ने पाँचथरका एकजना युवक काठमाण्डाैमा पक्राउ परेका छन् । 

पाँचथरकाे फिदिम नगरपालिका-३ घर भई काठमाण्डाै महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २४ बर्षका सराेज लामा पक्राउ परेका हुन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार लामाले युवतीहरुकाे कामुह फाेटाे तथा आपत्तिजनक दृष्य सामाजिक सञ्जालमा अपलाेड गर्दै आएका थिए । लामामाथि सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेकाे आराेप प्रहरीले लगाएकाे छ । 

लामामाथि अदालतबाट म्याद थप गरेर अनुसंधान अघि बढाएकाे प्रहरीले जनाएकाे छ ।