झापा । सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

सुनसरीको इनरुवा नगरपालिका–१० स्थित जाल्पापुर चम्राही टोलमा प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार आज बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो।

गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने ३० वर्षीय रामबहादुर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बरामद गाँजा, पिकअप भ्यान तथा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।