झापा । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार परिवर्तन हुने भएकाे छ ।  नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१  दिनमा  परिवर्तन हुने भएकाे हाे । 

prades sava

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार परिवर्तन हुने भएकाे हाे । 

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत मागेका थिए । मुख्यमन्त्री कार्कीको  पक्षमा  ४६  मत मात्र परेपछि अब सरकार परिवर्तन हुने पक्का भएकाे हाे । 

 ९३ सदस्यीय कोशीको प्रदेश सभामा सरकार बनाउनका लागि ४७ मत आवश्यक पर्छ । तर,  कार्कीले एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत मात्र प्राप्त गरेका छन् । विश्वासको मतको विपक्षमा भने ४३ मत परेको सभामुख बावुराम गौतमले जानकारी गराएका छन् । ‘सरकारको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ,’ उनले भने, ‘अर्को बैठक सुचना मार्फत जानकारी गराईनेछ ।’

पुस २५  गते  चार  दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले ६०  जनाबाट विश्वासको मत पाएका थिए । शुक्रबार  प्रदेश सभामा भएको मत विभाजनमा   एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत सरकारको पक्षमा प्राप्त भएको हो । मुख्यमन्त्री कार्कीको विपक्षमा  ४३जनाले विपक्षमा मतदान गरेका थिए भने जनता समाजवादी पार्टी जसपाका एक मात्र सांसद निर्मला लिम्बू मतदान प्रक्रियामा सहभागि भईनन् । २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ लिएका थिए ।