बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापाको दाबी पेश विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले दावी पेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा बिहीबार थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन्। उनले सभामुख बावुराम गाैतमसहित ४७ जना सांसदको समर्थनमा दाबी पेश गरेका छन्।

कोशी प्रदेशमा गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एसका ४ र जसपाका १ गरी ४६ सीट छ । सभामुखलाई दलको सदस्य मानेर गठबन्धनले बहुमत पुर्याएको हो । एमालेसँग ४० र राप्रपासँग ६ गरी गठबन्धनसँग पनि ४६ सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। दलको सदस्यता त्यागिसकेका सभामुखलाई सरकार गठनको प्रक्रियामा मुछ्न नहुने एमाीले बताउँदै आएको छ । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

प्रदेशमा भाेली मन्त्रीमण्डल विस्तार गर्ने सहमति भएकाे नेकपा माओवादी केन्द्रकाे ससदिय दलका नेता इन्द्रबहादुर आङ्वाेले जानकारी दिए ।