झापा । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धब थापाले पदबाट राजीनामा दिएका छन् । कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता थापाले संसदीय दलको नेताको पदबाट राजीनामा दिएका हुन् । 
FB_IMG_1697270744603

गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । कांग्रेसले गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता ईन्द्र आङवो ‘मौषम’ लाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि असन्तुष्ट नेपालीकांग्रेस कोशीको संसदीय दलका उपनेता हिमाल कार्कीले शुक्रबार पदबाट राजीनामा दिएका थिए । 

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा थापा १८ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी कार्की ९ र अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका थिए । 

नेपाली कांग्रेसको निर्णयबाट असन्तुष्ट शेखर कोइराला समुहबाट केदार कार्की मुख्य मन्त्री निर्वाचित भइसकेका छन् । कोइराला पक्षका ८ संसद लिएर कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् । जुन उपधाराले संसदीय दल चिन्दैन ।