विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसाे २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र काँग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदकाे समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । शनिबार नै एमालेसँग भएको छलफलमा १/१ जना मन्त्री बनाउने सहमति भएको बताईएकाे छ ।

यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले पनि आफ्नो दलकाे उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए ।