काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा कार्यक्रम गर्न रोक लगाएकाे छ ।

प्रशासनकाे अवराेधपछि नेकपा एमालेकाे भातृ सस्था राष्ट्रिय युवा सघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले पुर्वघाेषित आन्दाेलनका कार्यक्रमकाे स्थान परिवर्तन गरेका छन् ।

प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले बल्खु चोकमा प्रदर्शन गर्नेगरी कार्यक्रम तय गरेको छ । मंसिर ७ गते दिँउसो १ बजेदेखि प्रदर्शन थालिने जनाइएको छ ।

सो दिन दिँउसो १ बजेदेखि बल्खु चोकबाट आन्दोलनको शुरुवात हुनेछ । याे व्यवस्था परिवर्तन नभएसम्म निरन्तर आन्दोलन गर्ने घाेषणा प्रसाई समूहकाे छ । 

प्रशासनले सुरक्षाका कारण हिजोदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि बानेश्वरसम्मलाई निषेधित क्षेत्र तोकेको छ । 

पद्योदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा, आन्दोलन गर्न रोक लगाइएको छ । 

प्रशासनको अवराेधपछि राष्ट्रिय युवासंघले पनि आफ्नो कार्यक्रम तीनकुनेमा सारेको छ । दुबै समुहबिच केही समययता तिक्ततापुर्ण सम्बन्ध छ । सम्भावित मुठभेडकाे सम्भावनालाई लिएर प्रशासनले उनीहरुलाई छुट्टा-छुट्टै स्थानमा कार्यक्रम गर्ने वाताबरण बनाएकाे हाे ।