बिर्तामोड । पुर्व मन्त्री केशब कुमार बुढाथोकीको निधन भएको छ । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो । 

नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । बिराट मेडिकल कलेज बिराटनगरमा उनको  उपचार भईरहेको हो ।

नेपाली कांग्रेसका नेता उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए । 

हक्की स्वभावका बुढाथोकी कांग्रेस राजनीतिमा मभ्यमार्गी नेताका रुपमा परिचित थिए । 'सेतो बाघ' उपनामले सम्बोधन गरिने बुढाथोकी करिब ४ बर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित थिए । लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । 

पछिल्लो समयमा फोक्सोमा इन्फेक्सन भएको थियो । मृगौलासमेत समस्या देखिएपछि उनलाई बिराट नर्सिङ होमको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको सोमबार राति निधन भएको छ ।