धुलाबारी । होलिवेल इङ्लिस स्कूल मेचीनगर–९ ले शनिबार विद्यालय परिसरमा राइम्स डे कार्यक्रम सम्पन्न गरेको छ । साना नानीहरुको प्रतिभालाई अभिभावक माझ उत्कृष्ट रुपमा देखाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका शिक्षक विष्णु घिमिरे र विवेक कालिकोटेले सञ्चालन गरेको कार्यक्रममा साना नानीहरुले नेपाली कला संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल अरिस्ता प्रधानले गुणस्तरीय शिक्षा प्रदानका लागि होलिवेल सदैव लागि परिरहने बताइन् ।

शिक्षक सागर शर्माले स्वागत गरेको कार्यक्रममा संस्थापक प्रिन्सिपल अणु प्रधानको सम्झना गरिएको थियो । सो विद्यालय यहाँसम्म आइपुग्न उनकै देन रहेको सहभागीहरुले बताएका थिए ।