धुलाबारी । पूर्व विद्यार्थी सन्तोष भट्टराईले आफू पढेको विद्यालय कविशिरोमणि माविका विद्यार्थीहरुको कपाल निशुःल्क काटिदिएर सहयोग गरेका छन् ।

हेयर कटिङ मास्टर भट्टराईले सामाजिक उत्तरदायित्य अन्तर्गत सोमबार विद्यालयमै गएर विद्यार्थीको कपाल काटिदिएका हुन् । आफू पढेको विद्यालयमा केही होस् भन्ने उदेश्य राखेर सहयोग गरेको उनले बताए । उनले सोमबार करिब ४० जना विद्यार्थीको कपाल काटिदिएका हुन् । सो विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीले कपाल काट्न परे पचास प्रतिशत छुटमा काट्ने व्यवस्था उनले मिलाएका छन् । 

लामो समयदेखि हेयर कटिङ मास्टर रहेका सन्तोषको एसोपी सैलुन खुट्टीडाँगीमा सञ्चालित छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एसोपी सैलुन भारतको बेंग्लोरमा पनि शाखा छ । एसोपी सैलुन अन्तर्राष्ट्रिय स्तरको सैलुन हो ।

पूर्व विद्यार्थीहरुलाई विद्यालयको विकासमा जोड्ने अभियान सुरु गरिएको कविशिरोमणि मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष भूपेन्द्र पाठकले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन पूर्व विद्यार्थी समाज सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए ।