निर्वाचन हार्न नजानेका मैनाली भन्छन् : यसपटक झन सहज ढंगले जित्छाैं

  • फाल्गुन १३, २०८०
  • मेचीखबर
alt

    बिर्तामाेड । वास्तबिक व्यवसायीले मात्र उद्योगी, व्यवसायीको मर्म बुझ्न सक्छ भन्ने सामाजिक मान्यताको यसपटक बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवारी घोषणादेखि नै चर्चा चल्न थालेको थियाे । अब हरेक तहको नेतृत्व युवाले गर्न सक्छन भन्ने मान्यतालाई पनि यस पटक स्वतन्त्र व्यावसायिक प्यानलको उम्मेदवारीले सबैलाई बिश्वास बढाएको छ । 

    बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनाली नेतृत्वको टिम वास्तबिक व्यावसायीको टिम बनेको छ । यो टिम प्रतिष्पर्धी टिमभन्दा समावेशी र सक्षम छ । टिममा सबै समुदायका व्यावसायीको प्रतिनिधित्व हुनुले पनि मैनाली नेतृत्वको टिमको जित प्रबल देखिन्छ । 

    मैनाली व्यावसायीका कुशल नेता बन्न सक्छन भन्ने उदाहरण यसअघि महासचिव हुँदादेखि नै प्रष्ट भएको छ । अल्पमतमा रहँदासमेत उनले अब्बल भूमिका निर्वाह गर्दै व्यावसायीको पक्षमा काम गर्दै तमाम व्यावसायीको मन जित्न सफल भएका छन् । मैनालीले यो निर्वाचनमा आफ्नाे टिमलाई मत दिन आग्रह गरेका छन् । 

    सरल स्वभावका मैनाली व्यावसायीका समस्या हल गर्न सक्षम छन् । निडर र हक्की मैनाली व्यावसायीका अधिकार प्राप्तीका निम्ति डटेर कुरा राख्न सक्ने नेताका रुपमा परिचित छन् । अध्ययनशिल उद्यमीको परिचय बनाएका मैनाली व्यावसायिक क्षेत्रलाई चुनौतीबाट जोगाउने योजनाका साथ आगामी निर्वाचनमा नेतृत्वका लागि अगाडि बढेका हुन् । 

    मैनालीकाे व्यावसायिक यात्रा 

    ताप्लेजुङ जिल्लाको खेवाङमा २०३७ फागुन २८ गते यमकुमारी र ऋषिराम मैनालीको कोखबाट जन्मिएका अर्जुनकुमार मैनालीले झापाको घोडामारा प्रावीबाट प्राथमिक शिक्षा हासिल गरे । फुलबारी माविबाट माध्यमिक शिक्षा अध्ययन गरेका उनले मेची क्याम्पसबाट स्नातक र नेपाल कमर्श क्याम्पसबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । 

    २०६७ सालबाट व्यावसायिक क्षेत्रमा पाइला चालेका उनले प्रारम्भमा बिर्तामोड नगरपालिका–२ मा उँ जलेश्वर स–मिल सञ्चालनमा ल्याए । मैनालीका हाल ६ वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सयौं नेपाली युवाले उनको कम्पनीमा रोजगारी पाएका छन् । उनी २०६० सालदेखि झापाको बिर्तामोडमा स्थायी बसोबास गर्दै आएका छन् । 

    व्यापार, व्यावसायमा सफलता प्राप्त गर्न सक्षम उनी सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय रहेका छन् । बिर्तामोडको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरेका मैनाली डाइनामिक क्लबको एक कार्यकाल अध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघको बहालवाला महासचिवको जिम्मेवारी समालिरहेका छन् । 

    व्यवसाय क्षेत्रमा अब्बल युवा व्यवसायी मैनाली समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपुर्ण हुने धारणा राख्छन् । सामाजिक संघ–संस्था तथा युवा व्यवसायीहरुको पक्षमा बारम्बार आवाज उठाउने मैनाली युवा पलायनको बिपक्षमा मत राख्छन् । युवाशक्ति स्वदेशमा नै परिचालन गर्नुपर्छ भन्ने मैनाली समृद्धिका लागि युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउँछन् । 

    मैनालीले आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई अध्यक्षको प्रमुख दाबेदार मानेर चुनाबी मैदानमा उत्रिएका छन् । युवादेखि बृद्ध–बृद्धा सबैको साथ आफुलाई रहने बिश्वास रहेको छ । मैनालीले आफु निर्वाचित भएपछि अघि सारेका योजनाहरु कार्यान्वयनमा दत्तचित भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । 

    राजनीतिक दल, सञ्चारक्षेत्र र बिभिन्न सामाजिक संस्था, प्रहरी प्रशासन, उद्योगी, व्यवसायी, जनप्रतिनिधिको साथ सहयोग रहेकाले यस पटकको निर्वाचनमा आफुलाई निर्वाचित गराउनेमा ढुक्क रहेको मैनाली बताउँछन् । उनले अध्यक्ष पदमा प्रतिष्पर्धा नै नहुने भन्दै बिभिन्न बहानामा भ्रम सिर्जना गर्नेका पछि नलाग्न अनुरोध गरेका छन् । 

    ताप्लेजुङ जिल्लाको खेवाङ बजारमा २०३७ फागुन २८ गते यमकुमारी र ऋषिराम मैनालीको कोखबाट जन्मिएका अर्जुनकुमार मैनालीले झापाको घोडामारा प्रावीबाट प्राथमिक शिक्षा हासिल गरे । फुलबारी माविबाट माध्यमिक शिक्षा अध्ययन गरेका उनले मेची क्याम्पसबाट स्नातक र नेपाल कमर्श क्याम्पसबाट स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । 

    २०६७ सालबाट व्यावसायिक क्षेत्रमा पाइला चालेका उनले प्रारम्भमा बिर्तामोड नगरपालिका–२ मा उँ जलेश्वर स–मिल सञ्चालनमा ल्याए । मैनालीका हाल ६ वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । सयौं नेपाली युवाले उनको कम्पनीमा रोजगारी पाएका छन् । उनी २०६० सालदेखि झापाको बिर्तामोडमा स्थायी बसोबास गर्दै आएका छन् । 

    व्यापार, व्यावसायमा सफलता प्राप्त गर्न सक्षम उनी सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय रहेका छन् । बिर्तामोडको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रमा दुई बर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गरेका मैनाली डाइनामिक क्लबको एक कार्यकाल अध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघको बहालवाला महासचिवको जिम्मेवारी समालिरहेका छन् । 

    व्यवसाय क्षेत्रमा अब्बल युवा व्यवसायी मैनाली समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपुर्ण हुने धारणा राख्छन् । सामाजिक संघ–संस्था तथा युवा व्यवसायीहरुको पक्षमा बारम्बार आवाज उठाउने मैनाली युवा पलायनको बिपक्षमा मत राख्छन् । युवाशक्ति स्वदेशमा नै परिचालन गर्नुपर्छ भन्ने मैनाली समृद्धिका लागि युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउँछन् । 

    मैनालीले आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा आफुलाई अध्यक्षको प्रमुख दाबेदार मानेर चुनाबी मैदानमा उत्रिएका छन् । युवादेखि बृद्ध–बृद्धा सबैको साथ आफुलाई रहने बिश्वास रहेको छ । मैनालीले आफु निर्वाचित भएपछि अघि सारेका योजनाहरु कार्यान्वयनमा दत्तचित भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । 

    राजनीतिक दल, सञ्चारक्षेत्र र बिभिन्न सामाजिक संस्था, प्रहरी प्रशासन, उद्योगी, व्यवसायी, जनप्रतिनिधिको साथ सहयोग रहेकाले यस पटकको निर्वाचनमा आफुलाई निर्वाचित गराउनेमा ढुक्क रहेको मैनाली बताउँछन् । उनले अध्यक्ष पदमा प्रतिष्पर्धा नै नहुने भन्दै बिभिन्न बहानामा भ्रम सिर्जना गर्नेका पछि नलाग्न अनुरोध गरेका छन् ।

    यस्ता छन् स्वतन्त्र व्यावसायिक प्यानलका २९ बुँदे प्रतिबद्धता

    १‍. स्थानीय तहबाट भएको कर बृद्धिलाई फिर्ता गराई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने ।
    २. सुरक्षित रुपमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउने ।
    ३. सडकबत्ती र सीसी क्यामेराको व्यवस्थापन गराउने ।
    ४. व्यवसाय प्रबद्र्धन गर्न पीपीपी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा कर्पोरेट गोदामसहितको प्रदर्शनी स्थलको व्यवस्थापन गर्ने ।
    ५. बिर्तामोडलाई बन्दमुक्त क्षेत्रका रुपमा प्रभावकारी कार्यान्वयन गराउने ।
    ६. बिर्तामोडको देवीहाट बुधबारे बजारमा निर्माण हुने “देवी कम्प्लेक्स” बहुतले बुउद्देश्यीय व्यापारिक भवन तत्काल निर्माण सुरु गर्न दबाब दिने ।
    ७. स्थानीय सरकारसँग सहकार्य गरी व्यवसायीबाट लिइएको शुल्कबाट नै व्यावसायिक राहत कोष स्थापना गर्ने, गराउने ।
    ८. बिर्तामोड उद्योग वाणिज्य संघको सेवा सुविधालाई डिजिटलाइज गराउने ।
    ९. साना मझौला व्यवसायीको आर्थिक कारोबारको कर तथा अन्तशुल्क प्रयोजनका लागि सहजीकरण गर्ने, गराउने ।
    १०. व्यावसायिक कारोबारमा फस्ट पार्टीबाट कारोबार सम्बन्धी सूचना शिक्षा सञ्चालन गर्ने ।
    ११. उद्यमी व्यवसायीका निम्ति गुनासो कक्ष स्थापना गर्ने ।
    १२. फोहोरमैला र ढल व्यवस्थापन तथा हरित बिर्तामोड बनाउनका लागि स्थानीय सरकारसँग समन्वय गर्ने ।
    १३. डिजिटल र आइटीयुक्त बिर्तामोड बनाउन कर छुटका लागि पहल गर्ने ।
    १४. उद्योग वाणिज्य क्षेत्रलाई चन्दाचिठ्ठा मुक्त क्षेत्र बनाउने ।
    १५. छिमेकी देशको बजारलाई मध्यनजर गरी स्थानीय बजारलाई प्रबद्र्धन गर्न १६. भन्सार करको दर उचित बनाउने विषयमा सरकारसँग लबिङ गर्ने ।
    १७. वस्तुगत क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी सोको समाधानका लागि सक्रिय रहने ।
    १८.स्थानीय उद्योगको प्रबद्र्धनका लागि विशेष अभियान सञ्चालन गर्ने ।
    १९. अलैँची, अदुवा, अम्लिसो लगायतका कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पु¥याउने ।
    २०. कृषिजन्य वस्तुको व्यवस्थापनका लागि कृषि बजारलाई व्यवस्थित बनाउने ।
    २१. निर्वाहमुखी व्यापारलाई आधुनिकीकरण गर्न सहयोग पु¥याउने ।
    २२. बैंक, सहकारी तथा वित्तीय संस्था र व्यवसायीबीचको सम्बन्धलाई मजबुत र परिपुरक बनाउन पहल गर्ने ।
    २३. बिर्तामोड नगरक्षेत्रमा उद्योग व्यवसाय गर्ने सबैलाई संघप्रति विश्वासको वातावरण अभिवृद्धि गरी स्वतफूर्तः सदस्य बन्ने गरी संस्थागत विकास गर्ने ।
    २४. स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने गरी औद्योगिक महोत्सव गर्ने ।
    २५. महिला उद्यमीलाई दिँदै आएको सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिलाउन विशेष दबाब सिर्जना गर्ने ।
    २६. बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता शुल्कमा महिलालाई ५० प्रतिशत छुट उपलब्ध गराउने ।
    २७. बिर्तामोड उद्योग वाणिज्य संघको संरक्षकत्वमा “बिर्तामोड युवा उद्यम मञ्च” गठन गर्ने ।
    २८. सार्वजनिक, निजी र सहकारीबीच सहकार्यको वातावरण बनाउने ।
    अतिथि सदनको प्रभावकारी व्यवस्थापन गर्ने कामका लागि पूर्वअध्यक्षहरु लगायतसँग सहकार्य र समन्वय गर्ने ।
    २९. व्यावसायिक सिप, तनाव व्यवस्थापन र उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।

    • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४५५/०७४/७५
    • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
    • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
    • इमेल: mechikhabar@gmail.com
    • विज्ञापनका लागि सम्पर्क
    • ९८५२६३३६०३

    हाम्रो टीम

    • कार्यकारी सम्पादक पुष्प बराल