झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ४०९५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसमा आस्था राख्ने व्यावसायीको लोकतान्त्रिक व्यावसायिक समूह र नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा , रास्वपा सम्मेलितको स्वतन्त्र व्यवसायिक प्यानलबीच नेतृत्वका लागि प्रतिष्पर्धा भएको थियो । लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट अध्यक्षमा राजु न्यौपाने र स्वतन्त्र व्यवसायिक प्यानलका तर्फबाट अर्जुन प्साद मैनालीको नेतृत्वमा छुट्टा छुट्टै समूह प्रतिष्पर्धामा उत्रिएका थिए । विहान आठ बजेबाट मतदान शुरु भएको थियो । 

लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले प्रतिष्पर्धामा भाग लिएका छन् । 

 त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ता मैदानमा छन् । 

 यता स्वतन्त्र व्यवसायिक गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे ( राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले प्रतिष्पर्धामा रहेका छन् । 

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी मैदानमा छन् । 

खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेती छन् ।  यसैबीच व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा प्रतिष्पर्धामा रहेका छन् । 

स्वतन्त्रबाट प्रतिष्पर्धामा रहेका राई एक मात्र प्रतिष्पर्धी हुन् ।  बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६ सय ६१ र १२ जना पूर्वअध्यक्षहरु मतदाता थिए । जसमध्ये ४०९५ मत खसेको हो । यो कुल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो ।