बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । 

मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस बिज्ञप्ती जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामाकरण भएकै समयमा हुने सम्पुर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपुर्ण आन्दोलन गर्ने जनाएको छ । 

कोशी नामाकरण खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ ।  इलाम–२ मा बैशाख १५ गते उपनिर्वाचन गर्ने सरकारकाे तयारी छ ।