झापा । नेपाली शिक्षालाई डिजिटलाइजेसन गर्नका लागि एनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनले सहकार्य गर्ने सहमति गरेका छन् । 

परम्परागत शिक्षा प्रणालीलाई बिस्थापित गर्दै डिजिटल शिक्षा प्रदान गर्नका लागि एनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनले सहकार्य गर्ने सहमति गरेका हुन् । नेपालका स्रोतसाधन कम भएका विद्यालयमा अत्याधुनिक प्रविधिका प्रयोगशाला स्थापना गर्ने सहमतिमा उल्लेख छ । 

एनभिजन एजुकेशनका सह–संस्थापक श्रेयस शर्मा र रुलिन ह्वाङको नेतृत्वमा गरिएको यो प्रयासले शिक्षामा  बिद्यार्थीहरुको समानतालाई जोड दिने बताइएको छ । डिजिटल स्रोतमा पहुँच उपलब्ध गराउने दृष्टिकोणका साथ टोलीले दुई बर्षअघि अघि सारेको योजना कार्यान्वयनको चरणमा पुगेको दावी गरेको छ ।  

विशाल ग्रुप फाउन्डेसनसँग सहकार्य गर्दै कोसेली स्कूल र लाइफ भिजन एकेडेमी छनौट गरी प्राविधिक पुर्वाधार स्थापना र शिक्षामा सहकार्य गर्ने प्रतिबद्धता एनभिजन एकाडेमीले जनाएको छ । एनभिजन टोलीद्वारा आयोजित डिजिटल साक्षरता प्रशिक्षण सत्र मार्फत विद्यार्थीलाई डिजिटल शिक्षा प्रदान गरिने छ ।