अर्जुनधारा । झापाकाे अर्जुनधारा-११ मा रहेकाे महारानीगञ्ज मावीकाे व्यवस्थापन समितिमा नन्दलाल खतिवडा चयन भएका छन् । 

बिहीबार भएकाे अभिभावक भेलाबाट खतिवडा अध्यक्ष चयन भएका हुन् । उनी अर्जुनधारा-११ का स्थायी वासिन्दा हुन् । 

महारानीगञ्जकै पूर्व बिद्यार्थी खतिवडा सोही विद्यालयको तीनबर्से कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । 

उनले विद्यालय शैक्षिक सुधारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । भौतिक पुर्वाधार निर्माणसँँगै गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय जान बाध्य विद्यार्थीको समेत अध्ययनको गन्तव्य त्यस विद्यालयलाई बनाउने उनले बताएका छन् ।