बिर्तामोड । नेकपा एमाले गौरादह नगर कमिटीको आयोजनामा आइतबार साँझ मशाल जुलुस प्रदर्शन गरिएको छ।
मिति २०८२ चैत १५ गते साँझ ६ बजेदेखि गौरादह नगरपालिका–३ स्थित डिपु चोकबाट सुरु भएको जुलुस पार्टीका केन्द्रीय सदस्य दिपक कार्कीको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेसहित करिब ८० जना कार्यकर्ताको सहभागिता रहेको थियो।
जुलुसमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको विरोधमा नाराबाजी गरिएको थियो। सहभागीहरूले “कार्की आयोगको प्रतिवेदन खारेज गर, ओली र लेखकलाई बिनासर्त रिहा गर, बालेन सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा दे, लिपुलेक–कालापानी–लिम्पियाधुरा हाम्रो हो, शान्ति सुरक्षा कायम गर, नेकपा एमाले जिन्दावाद” लगायतका नारा लगाएका थिए।
मशाल जुलुसले गौरादह बजार परिक्रमा गरी पुनः डिपु चोकमा पुगेर कोणसभा गरेको थियो। सो क्रममा प्रहरीले मशाल नियन्त्रणमा लिएको थियो।
कार्यक्रम करिब साँझ ६:४० बजे सम्पन्न भई सहभागीहरू शान्तिपूर्ण रूपमा तितरबितर भएका
















