अर्जुनधारा । साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले यस बर्ष साहित्यकार धराबासीलाई सम्मान गरेको हो ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोहका बिच आज साहित्यकार धराबासीलाई सम्मान गरिएको छ । कार्यक्रमका धराबासीलाई प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलगायतले नगद एक लाख एक हजारसहित सम्मानपत्र प्रदान गरेका थिए । उक्त पुरस्कारबाट यसअघि २०७७ मा सरोजकुमार ओली, २०७८ मा बिष्णुकुमार भट्टराई, २०७९ मा कालीबहादुर थापा, २०८० मा हस्त परियार र २०८१ मा कृष्ण बराल सम्मानीत भइसकेका छन् ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको समारोहमा कार्यक्रमको उदेश्यसहित औचित्यमाथि प्रकाश उप–प्रमुख खड्गमाया पराजुली पारेकी थिइन् ।
स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक कन्चन काफ्लेले गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए । सोही कार्यक्रमकाबिच साहित्य विमर्शसमेत गरिएको थियो ।
साहित्य विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आभास र दिपेन्द्र आचार्य वक्ताको रुपमा रहेका थिए भने सहजकर्ता सन्तोष आचार्य रहेका थिए । साहित्यकारहरुले कविता, गीत, गजललगायत प्रस्तुत गरेका थिए ।




















