काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेपछि ती उत्पादनहरू बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा ती खाद्य पदार्थमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको अनिवार्य मापदण्डभन्दा बढी पाइएको हो ।

विभागका अनसार यशोदा फुड्स प्रालि (तिलोत्तमा, रुपन्देही०)  द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए भएको मापदण्ड विपरीत पाइएको छ । यस्तै सोही उद्योगबाट उत्पादन भएको ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए पनि गुणस्तरहीन भेटिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ र ९२० बमोजिम विभागले ती उत्पादक कम्पनीहरूलाई सम्बन्धित ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

साथै, सोही ऐनको उपदफा ९४० बमोजिम ती सामग्रीहरूको बिक्री वितरण रोक्का गर्न र अर्को सूचना नभएसम्म बिक्री नगर्नरनगराउन समेत महानिर्देशकको निर्देशन बमोजिम आदेश जारी गरिएको छ।