बिर्तामोड । झापाको झापा गाउँपालिका–१ बेलाईतिबारीस्थित एक घरबाट प्रहरीले अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको स्याउ बरामद गरेको छ।

हिजो दिउँसो भारततर्फ लैजानका लागि स्याउ भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाबाट खटिएको टोली र नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त टोलीले बारुद्धिन शेखको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा बिल बिजक नभएको ५४ कार्टुन अर्थात् १ हजार ८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ रहेको छ।