विर्तामोड  ।  बिशेष महाधिवेसनबाट नेपाली कांग्रेसकाे सभापतिमा निर्वाचित भएका गगन थापा झापा आउने भएका हुन् । सभापतिमा निर्वाचित भएपछि थापा पहिलाे पटक झापा आउन लागेका हुन् । 

असार-९ गते सभापति थापा कार्यकर्ता भेटघाटका लागि झापा आउन लागेकाे नेपाली कांग्रेसकाे जिल्ला कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । बिर्तामाेडकाे पाथिभरा सिने प्लाजासँगै रहेकाे सभाहलमा थापाले कार्यकर्तालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ । 

कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पार्टीका झापा सभापति देउमान थेबेले नेपाली कांग्रेसका सवै तहगत समिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।