कृष्ण हुमागाईँ    

एमाले अध्यक्ष  केपी ओलीको चलाखीपूर्ण राजनैतिक दाउपेचबाट बनेको प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने घोषणा गरेको रास्वपाका अध्यक्ष रवि लामिछानेले सरकार छोडने पत्रकार सम्मेलनमा बोलेका असन्तुलित भनाइहरुले अहिले नेपाली समाजमा मत बिभाजन भै बहस नै चलिरहेको छ । रविका अन्धसमर्थकहरु जे बोले पनि, जस्लाई गाली गरेपनि ठीक भनी रहेका छन् भने समाजका बौद्धिक तप्काले सैद्धान्ति रुपमा रविका अभिब्यक्ति असन्तुलित मात्र होइन, सत्ताको चाकरी र प्रेस माथिको भद्दा टिप्पणीको रुपमा लिएको छ । रविलाई केपी ओली र प्रचण्डको सर–सल्लाहबाट गृह मन्त्री नबनाइएको हो । तर, पत्रकार सम्मेलन गर्नु अघि तिनै ओली र प्रचण्डलाई भेटेर पत्रकार र सञ्चार संस्थाहरुप्रति बिष वमन गरेका रविले आफूलाई सत्तामा बस्न नदिनेका बिरुद्ध कुनै टिप्पणी गर्न सकेनन् । ओली र प्रचण्डकाप्रति सद्भाव मात्र होइन, भक्तिभाव नै देखाए, आभार प्रकट गरे । अर्थात उनीहरुले दिएको अर्ति, उपदेश अनुरुप नै प्रेसप्रति आक्रामक बने ।

       सरकारबाट बहिरिंदा रविको पार्टीले ओली पहलमा गठित सरकारकाप्रति गृहमन्त्री नपाएपनि समर्थन चाही कायम नै राखेको छ । जबकि रविले समर्थन फिर्ता लिंदा पनि वर्तमान सरकार ढल्ने र अस्थिरता उत्पन्न हुने अवस्था थिएन, छैन । सरकारबाटै बाहिर गइसकेपछि समर्थन पनि फिर्ता लिएको भए, त्यो एउटा बिद्रोहको परिणाम भन्न र मान्न सकिन्थ्यो । समर्थन कायम राखेर बाहिरिंदा गृह नपाएपनि संञ्चार मन्त्रालय लिएर रविलाई पुनः सरकारमा जान सहज होस् भनेर यसो गरिएको टिप्पणीहरु राजनैतिक बजारमा भइरहेका छन् । र रविलाई सकेसम्म गृहमै नभए पनि सञ्चार मन्त्रालय दिएर सरकारमा भित्र्याउने आश्वासन दिएर राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा मतदान गराउन ओलीले अल्मल्याई रहेको प्रष्ट बुझ्न सकिन्छ । ओलीले रविलाई गृह दिनुपर्छ भन्ने अनि प्रचण्डले अदालतको फैसलाको पूर्ण पाठ नआई केही गर्न सक्दिन भन्ने यी दोहोरो कुरामा दुवैको एकमत रहेको प्रसंगलाई रविले बुझ्नै सकेनन् । आफ्नो पार्टीले भागबण्डामा पाएको मन्त्रालय प्रेसले नै खोसेको ठाने, तर त्यो प्रेसले खोसेको हैन । उनले राजिनामा दिएपछि प्रधानमन्त्री प्रचण्ड र सत्ता संचालनका लागि गठित उच्चस्तरीय राजनैतिक संयन्त्रका संयोजक केपी ओलीले नचाहेर नै रवि र उनको पार्टीको भागबाट गृह खोसिएको हो ।

      आफू सञ्चारकर्ममा हुँदा सांसद नभई मन्त्री हुनेको, चार, चार जना उप प्रधानमन्त्री हुनेको, पटक पटक प्रधानमन्त्री भएर देश चलाई सकेका बुढा नेताकको बिरोध गरेर नथाक्ने रविले अहिले त्यही कुराको समर्थन मात्र गरेका छैनन्, उनीहरुकै पदचाप पछ्याइरहेका छन् । सांसद नभई मन्त्री हुने असफल प्रयास पनि गरे । चारजना मध्येका एक उप प्रधानमन्त्री पनि आफैं बने । अदालतले यत्रोबिधि मुद्दाको चाङ हुँदाहुँदै किन मेरो मुद्धा मात्र युद्धस्तरमा अघि बढाएर फैसला ग¥यो रु केही ढिला गरेर फैसला गरेको भए कस्लाई नोक्सान पुग्थ्यो र रु भन्न पनि भ्याए । केपी र प्रचण्डलाई भेटेर उनीहरुको समेत सुझाव लिएर पत्रकार सम्मेलन मार्फत प्रेसलाई गली गर्न पनि भ्याए । तर सत्ताबाट आफूलाई पाहा पछारे जस्तो पछार्नेका बिरुद्ध एकशब्द बोल्न सकेनन् ।

     “नो नट अगेन” भन्दै अब पनि यीनै बुढा नेतालाई मान्नु पर्ने अब सकिंदैन, यसपालीको चुनाव हराएर राजनीतिबाट पाखा लगाउने नै हो पटक पटक प्रधानमन्त्री भएकाहरुलाई भन्ने तीनै रवि अहिले तीनै बुढा नेताको काखमा, छत्रछाँयामा सितल तापीरहेका छन् । लोकतन्त्रमा राजनैतिक दलहरु प्रेस स्वतन्त्रताकाप्रति इमान्दार र लचिलो बन्नै पर्छ । प्रेसकाप्रति अनुदार हुँदा राणा, पञ्चायत, ज्ञानेन्द्रको शाही शासन सबै ढले । रवि ९जो आफैं पनि पूर्व सञ्चारकर्मी हुन०ले यो कुरालाई बुझ्नुपर्छ । रबिको केटाकेटी पनको अभिब्यक्त्ती र संचारकर्मी र संचार माध्यमप्रती दिइएको धम्कीप्रती नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस संगठन लगयत पत्रकारका संघ संगठनहरुले आपत्ती जनाइसकेका छ्न । अब रविले संचारमाध्यम र संचारकर्मीमाथि लगाइएको निराधार आक्षेपकाप्रति क्षमा याचना गर्नु उचित हुनेछ । यो त पीड दिने एकातिर निशाना अर्कै तिर भयो ।