बिर्तामोड । झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ । सोमबारको खेलमा एपीएफले खेल अनुसासन उल्लङघन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो ।

letter

सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सीसम्बन्धी नियम उल्लङघन गरेको थियो । खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो । टेप पनि बीचमा उक्किदाँ केही समय खेल अवरुद्ध भएको थियो । एपीएफको त्यस गतिविधिको दर्शकबाट चर्काे आलोचना भएको थियो ।  

मंगलबार बसेको प्राविधिक कमिटी र गोल्डकप आयोजक समितिको बैठकले एपीएफले गोल्डकप आयोजनाको नियम १० बमोजिम खेलाडीको जर्सीको रङग सम्बन्धी नियम उल्लङघन गरेको ठहर गरेको छ । एपीएफमाथि गरेको कारवाहीको जानकारी अखिल नेपाल फुटबल संघलाई दिइएको छ । 

एपीएफलाई प्रतियोगिताको नियमावलीको दफा २३ (ख) बमोजिम कारवाही गरिएको हो । एपीएफले आगामी दिनमा त्यस्तो गल्ती दोहोरिन नदिने लिखित प्रतिबद्धता आयोजक समक्ष गर्नुपर्ने निर्देशन दिईएको छ । त्यसैगरी ११ हजार रुपैया जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बिनोद बस्नेतले जनाएका छन् ।