बिर्तामाेड । आयरल्यान्ड वल्भ्सको सामना गर्नका लागि नेपाल ‘ए टोली घोषणा भएको छ । टाेलीमा विकेटकिपर बिनाेद भण्डारीले कप्तानकाे जिम्मेवारी पाएका छन् । 

नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३/३ टि२० र एकदिवसीय खेल खेल्नेछ । दुई फर्म्याटका लागि दुई फरक टोली घोषणा गरिएको छ । त्यसअघि नेपालको सिनियर टोलीले वल्भ्ससँग २ टि२० खेल्ने कार्यक्रम छ ।

टि२० टोली विनाेद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री  रहेका छन् । 

एकदिवसीय टोली  विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री, मौसम ढकाल छन् ।