बिर्तामोड । झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले सोमबार  पत्रकार सम्मेलन गरेर जनाएको छ । 

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो। दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ ग‍ोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा २२ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएक‍ो आयोजक क्लबका नि बर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिए ।

प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव) ले जानकारी दिए ।