बुद्वशान्ति । झापाको बुद्वशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बिर्तामोड युनाईटेड एफसी र बेलबारी एफसी मोरङ  भिडने छन् ।

आजको बिजेताले हिजोको बिजेता मानेभञ्ज्याङ एफसी भारत सङ्ग उपाधी भिडन्तका लागि प्रतिष्पर्धा गर्नेछ । मानेभञ्ज्याङले पहिलो सेमिफाइनलमा आयोजक आदर्श युवा क्लबलाई २/० ले पाखा लगाउदै उपाधी भिडन्तको यात्रा तय गरेको हो ।

प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ । खेल बुद्ध आदर्श माबिको खेल मैदानमा दिउँसो ३:३० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने खेल आयोजक समितिका संयोजक मनेष दहालले जानकारी दिए।