बिर्तामोड । डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब आज झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा सेमिफाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् । 

झापा गोल्ड कपको यो संस्करणमा उपाधीको दावेदार मानिएको आर्मीले यो सिजनको उत्कृष्ठ लयमा रहेको मच्छिन्द्रसँग प्रतिष्पर्धा गर्न लागेको हो । मच्छिन्द्र क्लब एकसाता अघि सम्पन्न भएको केपी ओली कप फुटबल प्रतियोगिताको विजेता पनि हो ।

फागुन १९ गतेदेखि आयोजित प्रतियोगिताको फाइनल खेल २८ गते हुने छ ।