बिर्तामोड । झापाको सुरुङ्गामा एक दिवसीय जिल्लास्तरीय कराँते प्रतियोगिता हुने भएको छ ।


सुरुङ्गा बजारका सुनचाँदी व्यवसायी गौरीलाल श्रेष्ठको स्मृत्तिमा दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिता संचालन हुने भएको हो । सुरुङ्गा जेसीजको भवनमा संचालन हुने प्रतियोगीतामा इलुवाबारी सितोरीयो कराँते डोजोको आयोजना एवं सह–आयोजकका रुपमा सुरुङ्गा जेसीज रहने डोजोका संयोजक राजेन्द्र लिम्बूले जानकारी दिए ।


दुई लाख रुपैया खर्च हुने अनुमान गरिएको प्रतियोगीताका लागि सुरुङ्गास्थित सिद्धि ज्वेलर्स, श्रेष्ठ ज्वेलर्स र न्यु गोल्ड जिमबाट आर्थिक सहयोग हुने बताइएको छ ।

यहि वैशाख १५ गते हुने प्रतियोगितामा झापा जिल्लाभरीका विभिन्न पालिका एवं डोजोहरुबाट २५० बढी खेलाडीहरुको सहभागिता रहने कराँते महासंघ झापाका अध्यक्ष जगन दुर्वासा कार्कीले जानकारी दिए ।


कराँते महासंघ झापाको संयोजन तथा रेफ्री कमिशन झापाको प्राविधिक सहयोग रहने प्रतियोगीतामा २० देखी ६० केजी तौल समूहका महिला तथा पुरुषले प्रतिष्पर्धा गर्न सक्ने महासंघ झापाका अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

आयोजकले सुरुङ्गामा पत्रकार भेटघाट मार्फत प्रतियोगिताका बारेमा विस्तृत जानकारी गराएको हो । कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बिन्दिया कार्कीबाट समुद्घाटन हुने प्रतियोगिता सम्पन्न गर्न २० जना राष्ट्रिय स्तरका निर्णायक मण्डलीको उपस्थिती रहने जनाइएको छ ।

वैशाख १५ गते शनिवार बिहान ७ बजेदेखी नै संचालन हुने प्रतिगीताको औपचारिक कार्यक्रम भने दिउँसो १ बजेदेखी हुने आयोजक समितिले जनाएको छ ।

पत्रकार भेटघाटमा आयोजक समितिका संयोजक राजेन्द्र लिम्बूसहित सह–आयोजक संस्था सुरुङ्गा जेसीजका अध्यक्ष राजु पाठक, कराँते महासंघ झापाका अध्यक्ष जगन दुर्वासा कार्की, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना, राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौला, रेफ्री कमिशन संयोजक विष्णुकुमार नेम्माङ, कराँते महासंघ झापाका सदस्य एवं क्षेत्र नं.४ का सिनियर कराँते गुरु राम पाठक, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष त्रिलोचन उप्रेती, जेसीजका कानुनी सल्लाहकार दिपेन्द्र प्रधान, कार्यकारिणी उपाध्यक्ष रिसवसिंह चहार लगायतको उपस्थिती रहेको जनाइएको छ ।

सुरुङ्गा बजारका पुराना व्यवसायी खेल प्रेमी गौरिलाल श्रेष्ठको खेलप्रतिको मोह सधैं ताजा राख्दै परिवारका तर्फबाट आफ्ना अभिभावकको योगदान साथै सतकर्मलाई सधैं अमर राख्न वार्षिक रुपमा खेलका गतिविधि संचालन गर्दै आएको स्व.श्रेष्ठका छोरा प्रविन श्रेष्ठले कनकाई खबरलाई जानकारी दिए । तत्कालिन समयमा कनकाई उद्योग वाणिज्य संघका सदस्य , सुनचाँदी व्यवसायी संघको पूूर्व अध्यक्ष, नागरिक समाज सुरुङ्गाका संस्थापक, मानवअधिकारवादी संस्थाको समेत सदस्य रहेका स्व.श्रेष्ठ सुरुङ्गा बजारमा रहेको सुन्दर एण्ड सन्स ज्वलेरीको संचालक थिए । उनको फोक्सोको क्यान्सरबाट निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठकी श्रीमती चन्द्रकुमारी श्रेष्ठ, छोराबुहारी प्रविन र सपना, छोरीज्वाइँ पुजा र राजेन्द्र लिम्बू रहेका छन ।