बिर्तामोड । जेेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार अर्का एकजना पक्राउ परेका छन् ।

प्रहरी चौकी बिर्ताबजारको टोलीले भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार रहेका बिर्तामोड-३ का राहुल माझीलाई नियन्त्रणमा लिएको हो ।

अभद्र ब्यबहार सम्बन्धि मुद्दाका अभियुक्त माझीलाई बिर्तामोडको पश्चिम स्टेण्डबाट नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई इप्रका अनारमनीको हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।