बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अनुचित लेनदेनमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

हिजो दिउँसो बिर्तामोड-५ कनकाई रोडबाट सोही स्थानका बिष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय  झापाबाट खटिएको प्रहरी टोलिले अपराधिक बिश्वासघात ठगी अनुचित लेनदेन सम्बन्धि मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् ।

थप कारवाहीका लागि उनलाई जिप्रका झापा पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।