अर्जुनधारा । झापाको अर्जुनधारामा तीन दाजुभाईको झगडामा एकजनाको ब्युटी बोन भाँचिएको छ।

अर्जुनधारा-१० कालिझोडाका सन्तोष ल्वागुनलाई उनकै छिमेकीसमेत रहेका मामाका छोराहरु बिनोद गजमेर र सन्तोष गजमेरले कुटपिट गर्दा ल्वागुनको ब्युटी बोन भाचिएको हो ।

सामान्य बादबिबादका क्रममा कुटपिट गर्दा ल्वागुनको दाहिने हातको ब्युटि बोन भाचिएको प्रहरीले जनाएको छ । उनको बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार भईरहेको छ ।

घटनामा संलग्न दुवैजना फरार रहेको हुनाले खोजतलास भइरहेको छ ।