बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बाट दमक नगरपालिका–४ का राजा माझी, दमक–१ का टेकबहादुर कुमाल र दमक–१ का हर्कबहादुर कुमाललाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ ६ ग्राम १५० मिलिग्राम, प्रतिबन्धित औषधि “नाइट्रोजापेम ट्याब्लेट आईपी निट्रोजम” लेखिएको ५५ ट्याब्लेट र ३ वटा मोबाइल बरामद गरेको छ । उनीहरुलाई इप्रका अनारमनीमा ल्याएर राखिएको छ भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।