बिर्तामोड । बिर्तामोडमा सञ्चालित डान्सबारमा प्रहरीले कडा निगरानी गर्न सुरु गरेको छ । एक साताको अवधिमा प्रहरीले दुईवटा डान्सबारबाट चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गएराति १२ बजेको समयमा  बिर्तामोड-१ पश्चिम स्टेन्ड नजिक रहेको द नाईट लाईफ नामको डान्सबारबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद र ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो डान्सबारबाट अर्जुनधारा-६ बस्ने हरेन राजवँशी र बिर्तामोड-४ बस्ने चन्द्रमणि प्रसाईंलाई पक्राउ गरेको छ । प्रहरीले राजबंशीको साथबाट ३४ हजार ७०० नगद, २ थान तास र प्रसाईंको साथबाट ७ हजार ५०० नगद बरामद गरेको जनाएको छ ।

यसै साता सोही डान्सबार र मुक्तिचोकको डि डब्लु डान्सबारमा छापा मारेको प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको थियो ।