बिर्तामोड । झापाबाट ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ।
झापा जिल्ला टेवल टेनिस सघले प्रदेशस्तरीय प्रतियाेगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरेकाे जनाएकाे छ । यसअघि उनीहरु जिल्लास्तरीय छनाैटमा सहभागी भएका थिए । छनाैट भएका १० जना खेलाडीलाई आज एक कार्यक्रमकाे आयाेजना गरेर बिदाई गरेकाे संघका झापा अध्यक्ष सन्ताेष अग्रवालले जानकारी दिए ।
जिल्ला स्तरको छनोट अघि नै राष्ट्रिय खेलाडी सिक्का सुवाल र इभाना थापा मगर ‘सिटिङ प्लेयर’का रूपमा छनोट भइसकेका छन् भने अन्य १० जना खेलाडीलाई प्रमाणपत्र तथा मेडलसहित बिदाइ गरिएको हो।
बुधबारेस्थित एरा एभरग्रिन इङ्लिस स्कुलबाट ससा मैनाली र जुनु थेवे, जयपुर इङ्लिस बोर्डिङ स्कुलबाट दिव्या अधिकारी, धुलाबारीस्थित ल्होत्से अङ्ग्रेजी स्कुलबाट चाहना नेम्वाङ र इशा लिम्बू, न्युटन एजुकेशन एकेडेमीबाट अंकित गिरी, हरिकुल नमुना सेकेण्डरी स्कुलबाट निश्चल घिमिरे तथा मेची बहुमुखी क्याम्पसबाट स्वयं अधिकारी प्रदेशस्तरीय छनोटमा सहभागी हुने भएका छन्।
उनीहरू वैशाख २९ गते हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। उक्त छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि अन्तिम टोली चयन गरिनेछ। ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १५ र १६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रम रहेको प्रशिक्षक प्रकाश राईले जानकारी दिए।




















