भद्रपुर । भद्रपुर झापा गोल्डकपको आगामी दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

निर्वाचन समितिले निर्विरोध निर्वाचित पदाधिकारीहरूको घोषणा गरेको हो। 

निर्वाचन अनुसार दीपेश ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी आदित्य पराजुली वरिष्ठ उपाध्यक्ष तथा दिलिराम घिमिरे, गौरव सुब्बा, बसन्त कुमार बानियाँ र बाबुराम पराजुली उपाध्यक्ष पदमा चयन भएका छन्। 

महासचिवमा जीवनकुमार श्रेष्ठ निर्वाचित हुँदा सचिवमा टेहल दास मैनाली र तीर्थराज ढकाल चयन भएका छन्। योगेन्द्र पौडेल सह–सचिव, अजयकुमार साहेबवाला कोषाध्यक्ष तथा नितेश वर्मा सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। 

त्यस्तै सदस्यहरूमा अर्जुन राई, कविन राई, कुमार गिरी, कुमार श्रेष्ठ, खोमकुमारी दाहाल, टेकबहादुर गुरुङ, तोयानाथ गड्तौला, निरज प्रधान, पूर्णमाया सुब्बा लिम्बु, प्रज्वल राई, विक्की शाह कलवार, भरतचन्द्र गुरुङ, मुकेश मित्रुका, रियाज ढकाल तथा शमशेर तामाङ निर्विरोध निर्वाचित भएका छन्।