बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि पहिलो पटक गृहजिल्ला झापा आउन लागेका छन्।
एमाले झापा जिल्ला कमिटीले आयोजना गर्ने ‘मिसन पार्टी जागरण अभियान–२०८३, झापा’ अन्तर्गतको शुभारम्भ समारोहमा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका हुन्।
आयोजकका अनुसार कार्यक्रम साउन ३१ गते आइतबार दिउँसो १२ः३० बजे बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुँदैछ। निर्वाचनमा झापा–५ बाट ओलीलाई पराजित गर्दै बालेन्द्र शाह निर्वाचित भएका थिए।
निर्वाचनपछि पहिलोपटक झापा आउन लागेका ओलीको उपस्थितिलाई एमालेको आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेले झापामा पार्टी संगठनलाई थप सक्रिय बनाउने उद्देश्यसहित जागरण अभियान सञ्चालन गर्न लागेको हो।


















