बिर्तामोड । पुर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा ‘बिर्तामोड मेयर कप’ टि–१० क्रिकेट प्रतियोगिता आगामी बैशाख २४ गतेदेखि सुरु हुने भएको छ।
क्लबका अध्यक्ष दिपेन चौधरीका अनुसार प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहनेछ। खेल महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ भने फाइनल खेल बैशाख २८ गते हुने तय गरिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार युवा व्यवसायी लेलिस ओडारी । दोस्रो पुरस्कार निर्मल भट्टराईले सहयोग गर्ने सहमति भएको जनाइएको छ ।
खेल संयोजक चन्द्र भट्टराईका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १ हजार रुपैयाँ प्रदान गरिनेछ।
यसैगरी फाइनल खेलमा उत्कृष्ट फिल्डर, बलर, विकेटकिपर र ब्याटरलाई जनही २ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
प्लेयर अफ द सिरिजलाई ३ हजार रुपैया प्रदान गरिनेछ । प्रतियोगिताको कुल अनुमानित खर्च ४ लाख ३ हजार रुपैयाँ रहेको छ।



















